प्रकाशकीय टीकापुर दैनिक यस क्षेत्रको पहिलो दैनिक पत्रिका हो । साप्ताहिक पत्रिकाबाट शुरुवात भएको पत्रिका दैनिक बनाउने निर्णय ग¥यौ । दैनिक पत्रिका प्रकाशन गर्दा इन्टरनेट पाउन गाहे थियो भने छापाखाना र कम्प्युटर चलाउने मान्छे पाउन गाहे थियो । शुरुका दिनमा कठिनाई भए पनि दिनप्रतिदिन सहज हुँदै गएको महशुस मात्र गरेनाँैं टीकापुरलाई केही दिन पाएकोमा गर्ब गथ्र्याै । पत्रकारको समूह बनाएर दैनिक प्रकाशन थालेका हौँ । आज टीकापुरबाट ५ दैनिक पत्रिका प्रकाशित हुने गरेका छन् । कुनै पनि शहरको सञ्चार क्षेत्र गहना हो भने खबरदारी गर्ने माध्यम हुन् । यहाँका पाठक र जनताले चाहे अनुसार सन्तुलन र निगरानी गर्न नसकेका होलान् तर जति नभए पनि खबरदारी गर्ने काम भने भइरहेको छ । केही पनि भएन भनेर मूल्यांकन गर्नेहरुले पूर्वाग्रह भएर बोल्ने हो भने त्यसको औषधि छैन तर पत्रिका र सञ्चार माध्यमले सकेजति खबरदारी मात्र होइन विभिन्न सामाजिक गतिबिधि बाहिर ल्याउने भूमिका खेलेको कुरा बिर्सन हुँदैन । पछिल्लो समय हाम्रो समाजमा आपूmलाई आवश्यक परेपछि पत्रकार आइदिए हुन्थ्यो भन्ने तर पत्रकारले सेवा सुविधाका बारेमा कुरा गर्दा खाएर चुपचाप बसेका छन् भनेर भन्ने गरिएको छ । सञ्चार क्षेत्रको आम्दानीको स्रोत भनेकै विज्ञापन हो भने अर्काे तर्फ राज्यको दायित्व हो सञ्चार क्षेत्रलाई बचाउने । सञ्चारलाई बलियो र भरपर्दाे बनाउन राज्यले लगानी गर्नु पर्छ । मन्दीका कारण व्यापार व्यबसाय चौपट छ यस्तो अवस्था मा बजारबाट सहयोग पाउने कुरै भएन । देशको अर्थतन्त्र तहस नहस भएका बेला सञ्चार क्षेत्र पनि समस्यामा छन् । यो समस्याका बाबजुद पत्रकारले पेशा धानिरहेका छन् । केही बदनाम पात्रलाई देखाएर सबै उस्तै हुन् भनेर मूल्यांकन गर्नु पाप हो । टीकापुर दैनिकले यत्रो बर्ष बिताउँदा धेरै कष्ठ बेहोर्दै आएको छ । आफ्नो पेशाको कष्ट अर्कालाई सुनाउँदा रमाउने बानी नेपालीमा बसेको छ । पत्रकार भएर बाच्न गाहे छ । तसर्थ सञ्चार क्षेत्रलाई बलियो र भरपर्दाे बनाउन समुदायले पनि भूमिका खेल्नुपर्छ । दैनिक पत्रिका प्रकाशन गर्दा जोडिनुभएका सबै साथीभाई र शुभचिन्तकप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु । पत्रिकामा काम गर्ने र आजसम्म निरन्तर हामीप्रति शुभेच्छा राख्नेहुनेप्रति पनि कृतज्ञता प्रकट गर्दछु । पत्रिका टीकापुरको सम्पत्ति हो । यसलाई बचाउने यो समाजको पनि कर्तव्य हो । बाहिरबाट आउने हरेक नयाँ व्यक्तिले आउने बित्तिकै कतिवटा रेडियो र पत्रपत्रिका छन् भनेर सोध्छन् । तसर्थ सञ्चार क्षेत्रलाई म¥यादित बनाउने सवालमा सबैको भावना सकारात्मक हुन जरुरी छ । सदाझँै टीकापुर दैनिकलाई सल्लाह सुझाव दिएर उत्साह बढाउनु हुने सबैमा सम्मान व्यक्त गर्दै तपाईको सहयोगले हाम्रो यात्राले निरन्तरता पाउने छ भन्ने विश्वास दिलाउन चाहन्छु ।