वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न

टीकापुर , ११ बैशाख/‘स्वदेश मा नै रोजगारी गरौं, वैदेशिक सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने नाराका साथ वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ ।
टीकापुर नगरपालिका वडा नं.२ कोठारपुरमा सञ्चालित  सप्तरङ्गी साक्षरता कक्षामा २४ महिला र १ पुरुष सहभागी थिए । टीकापुर नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा भएको कार्यक्रममा साक्षरता कक्षाका सहभागीले २१ हप्ताको कक्षापछि जीवनमा परिवर्तन आएको बताएका छन् । सहभागीले आफूहरुले खर्च व्यवस्थापन गर्ने तरिका र आनीबानीमा सुधार आएको बताएका छन् ।
टीकापुरका रंगसिंह ठकुरीका छोरा विदेशमा छन् । छोराले कमाएर पठाएको रकम रंगसिँहको परिवारले सही सदुपयोग गर्न थालेका छन् । वित्तिय साक्षरता कक्षामा सहभागी भएपछि फजुल खर्च घटाउने र हिसाब लेख्न सिकेको बताउँदै ठकुरीले बचत रकम मात्र नभइ अन्य कुरा गर्नु पर्छ भन्ने सिकेका बताउनुभयो ।
बन्दिपुरकी मञ्जु पाण्डेका छोरा विदेशमा छन् । उहाँले पनि साक्षरता कक्षामा सहभागी भए पछि धेरै ज्ञान पाएको बताउनु भयो । उहाँले घरायसी कामको बाडफाड, बचत र खर्चको हिसावकिताबारे सचेत भएका बताउनुभयो ।
सोही ठाउँकी सीता चौधरीका श्रीमान विदेशमा कमाउँछन् । सिता र ७ बर्षको छोरा सँगै  बस्छन् । विगतमा आइएमइबाट रकम पठाउने उहाँका श्रीमान अचेल बैंक खातामा रकम पठाउने गरेका बताउनुभयो । उहाँ विदेश जाँदा सीप सिक्ने, बुझेर मात्र जानुपर्ने जानकारी पाएको बताउनुभयो । यसका साथै विदेश गएका श्रीमानका श्रीमतीलाई समाजमा गलत लान्छना लगाउने कार्य गर्न नहुने बताउनुभयो ।
अर्की महिला सीता चौधरीका श्रीमान सीप नसिकेर विदेश जादा दुख पाउनुभयो । कोभिडको समयमा उहाँले विदेशमा दुख पाएर हाल घर फर्कनुभएको छ । उहाँ सीप सिकेर विदेश पठाउने तयारी गरेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले अधिकाँश महिलाका श्रीमान विदेश जाने, महिलाले यता खर्च हँुदा हिसाब देखाउन नसक्दा सम्बन्धमा दरार आउने भएकोले वित्तीय साक्षरता
कक्षाले महिलालाई सचेत बनाएको बताउनुभयो । उहाँले वचत गर्ने र खर्च घटाउने कार्य भएमा परिवारमा शान्ति र जीवन सहज हुने बताउनु भयो ।
टीकापुर नगरपालिका वडा नं। २ का वडाध्यक्ष दीपक चौधरीले बन्दिपुर र कोठापुरका अधिकाँश परिवारका सदस्य विदेशमा  रोजगारीका लागि रहेकाले वैदेशिक रोजगारीका कारण आउने समस्या समाधान, सुरक्षित आप्रवासनका लागि वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको र यो प्रभावकारी रहेको बताउनुभयो ।
कार्यक्रम सञ्चालन स्वयम सेवक धनबहादुर बुढामगरले गर्नुभएको
   थियो । टीकापुरका २ स्थान वडा नं। १ को दुर्गानगर र वडा नं। २ को कोठापुरमा कक्षा सञ्चालन भएका हुन् । हरेक कक्षामा २५ जना सहभागी हुने गरेका छन् ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीबारे सूचना दिने, टोल विकास संस्था र आमा समूह, महिला समूहमा वित्तिय साक्षरता सम्बन्धी ज्ञान दिने, विद्यालयमा मनोसामाजिक समस्या बारे किशोर किशोरीसँग अन्र्तक्रिया र वैदेशिक रोजगारीका कारण समस्यामा परेकालाई कानूनी सहायता, आर्थिक सहयोगका लागि पहल गरि दिने कार्य गर्दै आएको छ ।